जिपीके फाउण्डेशनद्वारा निरौला लगायतका पत्रकार सम्मानित

लण्डन। गिरिजा प्रसाद कोइराला (जिपीके) फाउण्डेशन अमेरिकाले कोभिड –१९ को संक्रमणबाट नेपाली समुदायलाई जोगाउन सकृय भूमिका निर्वाह गर्ने विपिन निरौला लगायतका पत्रकारहरुलाई सम्मान गरेको छ । निरौला बेलायतमा संचालित हिमालयमेल डटकमका प्रधान सम्पादक तथा नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष हुन ।

सम्मानपत्र पाउने पत्रकारहरुमा अजय बावु सिवाकोटी, अमृत पाण्डे, बिजय थापा, बिजय राम पौडेल, आङ छिरिङ शेर्पा, बिष्णु पौडेल, श्याम लामा(तमाङ), छबिलाल बगाले, कृष्ण रेग्मी, केपि भट्ट, मनिषा लामिछाने, दिपक परीयार, सुनिता शर्मा कोइराला, गौतम ढकाल लगायतका छन्।

सन २०२०, मार्च महिनाको अन्तिम सातावाट जुलाई महिनाको अन्तिमसम्म कोभिड –१९ को संक्रमणका बेला समुदायलाई सचेतना फैलाउन सक्रिय रुपमा रहेका पत्रकार र सामाजिक अभियन्ताहरुलाई फाउण्डेसन अमेरिकाले गत अक्टोवर ३१ मा विभिन्न अवार्डबाट सम्मान गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।

फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामालाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनकि केन्द्रीय अध्यक्ष एंव पुर्व उपप्रधानमन्त्री मा. सुजाता कोइरालाले कोभिड १९ च्याम्पियन अफ च्याम्पियन्स अवार्ड र फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई कोभिड १९ हिरो भोलियन्टियर अफ भोलियन्टर्स अवार्डबाट सम्मान प्रदान गरेकी थिइन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित