पत्रकार महासंघ युकेले ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने

लण्डन । कोरोना भाइरसको दोस्रो लहर आउन लागेको अवस्थामा बेलायतस्थित नेपाली समुदायलाई लक्षीत गरी नेपाल पत्रकार महासंघ युके शाखाले जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम  ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने भएको छ ।
शाखाको बुधबार बसेको बैठकले नेप्लिज डक्टर्स एसोसिएसन युके, नेप्लिज नर्सेज एसोसिएसन युके र गैरआवासीय नेपाली संघ युकेको  स्वास्थ्य समितिसंग  मिलेर सो सम्वाद शुरु गर्ने निर्णय गरेको हो ।

नोभेम्बरको पहिलो सातादेखि कम्तीमा तीन महिना सञ्चालन हुने सो सम्वादमा सर्वसाधारणले बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुसंग  आफ्ना जिज्ञासा राख्ने अवसर पाउने छन् । सो सम्वाद सञ्चालनका लागि शाखाले वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालको संयोजकत्वमा एक समिति बनाएको छ ।

समितिमा उपाध्यक्ष बिमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु शिव भण्डारी र जगन कार्की रहेका छन् । अरु सदस्य आवश्यकताअनुसार संयोजकले थप गर्न सक्ने अधिकार दिइएको छ । यसैगरी, बैठकले शाखाका सदस्यहरुको वृत्तिविकासका लागि भर्चुअल तालिम लगायतका कार्यक्रम गर्न शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई संयोजक तोकेको छ ।

दुवै वृत्तिविकास तथा स्वास्थ्य सम्वाद समितिको सल्लाहकारमा वरिष्ठ पत्रकार भगिरथ योगी रहेका छन् । शाखाले नोभेम्बर २९ तारिखका दिन भर्चुअल साधारण सभा गर्ने निर्णय गरेको छ । सो साधारणसभाको संयोजनको जिम्मा उपाध्यक्ष बिमला सेनेलाई दिइएको छ ।

यसैगरी शाखाले स्थापना गरेको १ हजार पाउण्ड राशीको पत्रकारिता पुरस्कारको कार्यविधि बनाउन सचिव जगन कार्कीलाई जिम्मा दिइएको छ । बैठकले कोरोना संक्रमणका कारण ज्यान गुमाएका नेपाल पत्रकार महासंघ कुवेत शाखाका सहसचिव गोपाल सिवा र मध्यपूर्वका पत्रकार रोशन श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै एक शोक प्रस्ताव पनि पारित गरेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित