लन्डन । आजबाट बेलायतमा ब्रिटिस समर टाइमको अन्त हुदैछ । मार्च महिनाको अन्तिम आइतबार ब्रिटिस समर टाइम शुरु हुन्छ भने अक्टुबर महिनाको अन्तिम आइतबार ब्रिटिश समर टाइमको अन्त हुने गर्दछ । सोहि अनुरुप आज अक्टुबर २५ आइतवार बिहानको २ बजेबाट यूकेको समय एक घण्टा पछाडी जाँदैछ, अर्थात आइतबार बिहानको २ बजेको समयलाई १ बजेको समयमा निर्धारित गरिनेछ । यहाँ प्रत्यक वर्ष घडीको समयलाई दुइपटक परिवर्तन गरिन्छ ।
मार्च महिनामा ब्रिटिस समर टाइमको समयलाई एक घण्टा अगाडी लगिन्छ भने अक्टुबर महिनामा घडीलाई एक घण्टा पछाडि सारिन्छ । ‘डे लाईट सेभिंग’ भनिने यस्तो प्रचलन सर्वप्रथम दोस्रो विश्व युद्धताका जर्मनबाट शुरु गरिएको हो ।
यसले गर्दा इनर्जी बचत हुने, सवारी दुर्घटना कम हुने, अपराधमा नियन्त्रण हुनुका साथै व्यापार व्यवसायमा पनि फाइदा पुग्ने धारणा छ । ब्रिटिस समरको समयमा बेलुका ९ बजेपछिसम्म पनि सुर्योदय देख्न सकिनेछ । यसरी घडीलाई परिवर्तन गर्दा केटाकेटीहरुको स्वास्थाय्मा पनि फाइदा पुग्ने एक अध्ययानले देखाएको छ ।
विभिन्न ९ वटा देशमा २३ हजार केटाकेटीहरुमाथि गरिएको परिक्ष्यणबाट पुष्टि भएको छ कि समरको समयमा केटाकेटीहरुको दैनिक क्रियाकलापमा २० प्रतिशतले वृद्धि हुने गर्दछ । हिजोआज प्रायजसो उपकरणहरुको समय आफै परिवर्तन हुने गर्दछन भने कतिपयको समय आफैले परिवर्तन गर्नुपर्ने हुछ । सन् २०२१ को मार्च २८ आइतबार पुन: घडीलाई एक घण्टा अगाडि लगिन्छ । विश्वका लगभग ७० भन्दा बढी मुलुकमा ‘डे लाइट सेभिंग’ प्रणाली लागु गरिन्छ ।