नेपालमा ४ हजार ४९९ संक्रमित, दुई हजार ८६४ निको भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४  हजार ४९९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएकामध्ये २ हजार ७६० जना संक्रमित उपत्यका मा मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायाले जनाएको छ ।

२४  घण्टामा १६ हजार ८६४ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार चार सय भन्दा बढी संक्रमित फेला परेका हुन् । योसंगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ जना पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको मन्त्रालयले जानकारी दिएको  छ ।

पछिल्लो २४ घण्टामा २ हजार ६८८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ५  हजार ४८८ कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो २४  घण्टामा थप १७ जना कोरोनासंक्रमितको मृयु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।

नेपालमा हाल २९० जना आइसीयूमा रहेका छन् भने ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित