नेपालमा थप ३ हजार ७९० संक्रमित, १८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसबाट थप ३ हजार ७ सय ९० जना संक्रमित  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ लाख ३६ हजार ३६ पुगेको छ ।  उपत्यकामा मात्र २ हजार ३ सय ८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

हाल ४० हजार ७ सय ७८ जनामा  कोरोना भाइरसको संक्रमण सक्रिय  रहेको छ । जसमध्ये १३ हजार ८ सय ५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९ सय २७ जना होम आइसोलेशनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी २४ घन्टाभित्र २ हजार ३ सय ३५ जना कोरोना सनाक्रमित निको भएर घर फर्केका छन् । हालसम्म नेपालमा ९४ हजार ५ सय एक जना कोरोना संक्रमित निको भैसकेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा थप १८ जना कोरोना सनाक्रमित्को मृत्यु भएको छ । योसंगै अहिलेसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ सय ५७ पुगेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित