राजदूत सुवेदीको गीतमा खरेल र कार्कीको रोमांश

लन्डन  । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) को शव्द र वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘अधर’ को म्यूजिक भिडियो घटस्थापनाको अवसर पारेर  सार्वजनिक गरिएको छ । यस गीतलाई शिखर सन्तोषले संगीत भरेका हुन् ।

लण्डनका मुख्य आकर्षक स्थलहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरुमा म्यूजिक भिडियोको छायांकन गरिएको छ ।  यस भिडियोमा सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन रहेको छ । श्रेष्ठले यसघि  दर्जनौं म्यूजिक भिडियो निर्देशन तथा सम्पादन गरिसकेका छन्  ।

बेलायती नेपाली समुदायमा सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित विष्णु खरेलले  यसै भिडियो मार्फत मोडलिङमा पाइला टेकेका हुन् । अभिनयमा सशक्त देखिएका खरेल आफूलाई थप परिमार्जित गर्दै अघि बढ्ने बताउछन । म्युजिक भिडियोमा बेलायतमा आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी स्थापित मोडल रोश्ना कार्कीलको अभिनय पनि देख्न सकिनेछ ।

आफूले गरेको अभिनयमध्ये अहिलेसम्मकै उत्कृष्ट रहेको कार्कीले बताएकी छन । ‘अधर’ को म्यूजिक भिडियोलाई एक साता अघि बेलायतस्थित नेपाली दूतावासमा एक समारोहबीच सार्वजनिक गरिएको थियो । उक्त म्यूजिक भिडियोलाई डा.दुबसु क्षेत्री नेशनल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो ।

‘अधर’ को म्यूजिक भिडियो हेर्नुहोस ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित