मैले नयाँ संविधान पाएकोछु – नवीन थापा

आज फेरि मैले नयाँ संविधान पाएकोछु,
धन्न फेरि म स्वाभिमान नेपाली नै पो भएकोछु
यसपालि पनि म दशैंमा तराइ मामाघर जान पाउने भएँ
उकाली ओरालीहरु छिचोल्दै म तिहारमा पहाड घर जान पाउने भएँ
गुरुङ, मगर, बाहुन, क्षेत्री सबै जातिहरुको एउटै खाल जम्ने भयो,
मच्ची मच्ची लिंगे पिङमा दशैंमा खुबसँग रमाउन पाइने भयो
छिमेकीले पनि अब मेरो खोलामा फेरि माछा मर्न पाउने भयो,
एक धार्नीको माछा पाउँदा उसले फेरि हात मुख जोड्न पाउने भयो
कतै विदेशी मसिले लेखिएको पो हो कि कुन्नि ?
मसी नै नसुकी पो उड्ने हो कि बरु !
यत्तिका दिन लगाएर संविधान बनाउने भए,
ढुंगामा नै कुँदेको भए हुन्थ्यो नि बरु !
यत्तिका दिन लगाएर संविधान बनाउने भए,
ढुंगामा नै कुँदेको भए हुन्थ्यो नि बरु !

ढुंगामा नै कुँदेको भए हुन्थ्यो नि बरु !

आज फेरि मैले नयाँ संविधान पाएकोछु,

-काठमान्डौ हाल लन्डन

 

 

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित