एनआरएनए चौथो अफ्रिका क्षेत्रीय बैठक जाम्बियाको राजधानीमा  हुने

अफ्रिका  । चौथो एनआरएनए अफ्रिका क्षेत्रीय बैठक २०२१ को अप्रिल २ र ३ तारिखमा हुने भएको छ । आगामी डिसेम्बरमा हुने भनिएको उक्त बैठकलाई वर्तमान परिस्थितिका कारण अर्को वर्षमा सार्ने एनआरएनए राष्ट्रिय समन्वय समितिका अध्यक्ष र पदाधिकारीहरुको जूम बैठकले  निर्णय गरेको हो ।

अर्को वर्ष आयोजना गरिने सो कार्यक्रम अफ्रिकास्थित जाम्बियाको राजधानी लुसाकामा भौतिक उपस्थितिमा आयोजना गरिने भएको छ । बैठक आयोजना गर्न अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको संयोजकत्वमा एक आयोजक समिती गठन गर्ने समेत निर्णय गरियो ।

बैठकमा अफ्रिकामा नेपालीका समस्या , अफ्रिकाबाट नेपालमा रेमिटान्स र लगानी , अफ्रिकाको स्वास्थ्य समस्या , नेपाली साहित्य र संस्कृति , अफ्रिकामा नेपाली महिलाको समस्या र मानव तस्करी लगायतका विषय माथी विभिन्न सेसनहरु आयोजना हुनेछन ।

त्यसै गरि अफ्रिका स्वास्थ्य संयोजक डा सरिता पान्डेको प्रस्ताव अनुसार अन्तरराष्ट्रिय स्वास्थ्य समितिको सहयोगमा अफ्रिकामा नेपाली हरुको स्वास्थ्य स्थिति माथी निकट भविष्यमा नै एक कार्यक्रमको आयोजना गर्ने निर्णय गरियो ।

बैठकले अफ्रिकाको मरिशस र आइभोरी कोस्टमा बढदो नेपालीको संख्या र समस्यालाई ध्यान राख्दै एनआरएनए एनसीसी गठन गर्न पहल गर्ने निर्णय गरियो । साथै अफ्रिकामा अझै पनि मानव तस्करी बढदै गइरहेको र तस्करीबाट पीडित नेपालीहरुको समस्या बढदै गइरहेकोले त्यसको निराकरणका लागि नेपाली दूतावास र नेपाल सरकार सँग समन्वय गरि प्राथमिकता का साथ आवश्यक कार्य गरिने समेत निर्णय गरियो ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाको अध्यक्षतामा सम्पन्न बैठकमा घाना , युगान्डा , तान्जानिया , केन्या , सेसेल्स , कङ्गो , जाम्बिया र दक्षिण अफ्रिकाका अध्यक्षहरुका साथै एनआरएनएका पूर्व  कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका हेल्थ संयोजक डा . सरिता पान्डे लगायत एनआरएनएका पदाधिकारी हरुको समेत उपस्थिति रहेको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित