संचारकर्मी संजयको ‘साथी तिमि मेरो’ मा सविना र रीनासंग रोमान्स

लन्डन । बेलायतलाई कर्मथलो बनाउंदै आएका व्यवसायी एवं संचारकर्मी  संजयभक्त कंडेल अहिले अभिनयतिर पनि अग्रसर भएका छन् । अन्तररास्ट्रिय कलाकार संघ बेलायतका महासचिव तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाका महासचिव समेत रहेका कंडेल  नेपाल  प्रेस युनियन युरोपका संस्थापक संयोजक पनि  हुन् ।

भर्खरैमात्र उनले  मुकेश राईको ‘साथी तिमि मेरो’ बोलको गीतको म्यूजिक भिडियोमा अभिनय गरेर थप चर्चा बटुलेका छन् । ‘मनोकांक्षा भाग २’ मा समेटिएको यस गीतलाई अहिलेकी लोकप्रिय गायिका मेलिना राई र गायक ताराप्रकाश लिम्बुले आवाज दिएका छन् भने गायक लिम्बु स्वयंले संगीत भरेका हुन् ।

म्यूजिक भिडियोमा प्रभु गुरुंगको निर्देशन तथा सुमन श्रेष्ठ  र अनुराग श्रेष्ठको छायांकन रहेको छ ।  भिडियोमा संजयभक्तका साथमा सोहि  गीतमार्फत डेब्यु गरेकी मिसेस नेपाल यूके २०१८ सेकेण्ड रनरअप सविना श्रेष्ठ थापा र रीना भण्डारीको अभिनय रहेको छ  ।

बेलायतकै जनजीवनसंग मिल्दोजुल्दो कथावस्तुमा आधारित यस म्यूजिक भिडियोमा  बेलायतकै विभिन्न भागलाई समेटिएको छ ।   पुप्रण प्रोडक्सन यूकेको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको यस  भिडियोलाई सुशील गुरुङको सम्पादन तथा  कोरियोग्राफी निर्देशन रहेको छ ।

‘साथी तिमि मेरो’ म्यूजिक भिडियो हेर्नुहोस,

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित