लन्डन । बेलायतलाई कर्मथलो बनाउंदै आएका व्यवसायी एवं संचारकर्मी संजयभक्त कंडेल अहिले अभिनयतिर पनि अग्रसर भएका छन् । अन्तररास्ट्रिय कलाकार संघ बेलायतका महासचिव तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाका महासचिव समेत रहेका कंडेल नेपाल प्रेस युनियन युरोपका संस्थापक संयोजक पनि हुन् ।
भर्खरैमात्र उनले मुकेश राईको ‘साथी तिमि मेरो’ बोलको गीतको म्यूजिक भिडियोमा अभिनय गरेर थप चर्चा बटुलेका छन् । ‘मनोकांक्षा भाग २’ मा समेटिएको यस गीतलाई अहिलेकी लोकप्रिय गायिका मेलिना राई र गायक ताराप्रकाश लिम्बुले आवाज दिएका छन् भने गायक लिम्बु स्वयंले संगीत भरेका हुन् ।
म्यूजिक भिडियोमा प्रभु गुरुंगको निर्देशन तथा सुमन श्रेष्ठ र अनुराग श्रेष्ठको छायांकन रहेको छ । भिडियोमा संजयभक्तका साथमा सोहि गीतमार्फत डेब्यु गरेकी मिसेस नेपाल यूके २०१८ सेकेण्ड रनरअप सविना श्रेष्ठ थापा र रीना भण्डारीको अभिनय रहेको छ ।
बेलायतकै जनजीवनसंग मिल्दोजुल्दो कथावस्तुमा आधारित यस म्यूजिक भिडियोमा बेलायतकै विभिन्न भागलाई समेटिएको छ । पुप्रण प्रोडक्सन यूकेको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको यस भिडियोलाई सुशील गुरुङको सम्पादन तथा कोरियोग्राफी निर्देशन रहेको छ ।
‘साथी तिमि मेरो’ म्यूजिक भिडियो हेर्नुहोस,