लन्डन । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) र राजदूतपत्नी पुनम सुवेदीद्वारा अभिनित म्यूजिक भिडियो ‘दुख्ने मुटु’ सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ संगीतकार आलोकश्रीको संगीत तथा गायिका अन्जु पन्तको आवाज रहेको छ ।
भिडियोमा नायक ध्रुव दत्त र नायिका मिरुना मगरका साथै दूतावासका निवर्तमान उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मीका दम्पतिको समेत अभिनय रहेको छ ।
भिडियोमा लण्डनमा प्रमुख स्थानहरु ट्राफगल स्क्वायर, अक्सफोर्ड स्ट्रीट, पिकाडेली सर्कस, बकिंगहम प्यालेस, हाइड पार्क का दृश्यहरु देख्न सकिनेछ ।
म्यूजिक भिडियोको निर्देशन, छायाँकन तथा सम्पादन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । करिब तीन दर्जन म्यूजिक भिडियो निर्देशन गरिसकेका श्रेष्ठले कूटनीतिक व्यक्तित्वलाई अभिनय गराउन पाउनु महत्वपूर्ण अवसर भएको बताए ।