बेलायतमा प्राथमिकताका आधारमा कोरोना भ्याक्सिन

लन्डन । सन् २०२१ को ‘इस्टर’ अर्थात अप्रिल पहिलो हप्तासम्म बेलायतका प्रत्येक नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन दिइने वैज्ञानिकहरुले दाबी गरेपनि प्रथामिकताका आधारमा भ्याक्सिन दिइने भएको छ ।

जसअनुसार बेलायतका करिब आधा भन्दा कम जनसंख्या  अर्थात ६७ मिलियन जनसंख्यामध्ये ३० मिलियनले मात्र पहिलो चरणमा कोरोना विरुद्धको भ्याक्सिन प्राप्त गर्नेछन् । भ्याक्सिन उपलब्ध गराउने सम्बन्धि एक सूची तयार गरिएको छ, जसअनुसार केयर होममा रहेका, ५० वर्ष भन्दा माथि उमेर भएका, स्वास्थ्य क्षेत्र तथा सम्पूर्ण केयरहोममा कार्यरत कर्मचारीहरु रहेका छन् ।

उक्त सूची अनुसार देशको आधा भन्दा कम जनसंख्याले मात्र कोरोना विरुद्धको भ्याक्सिन प्राप्त गर्न सक्ने भ्याक्सिन टास्कफोर्स प्रमुखले बताएका छन् । बेलायतले विभिन्न स्किम अन्तर्गत करोडौँ डोज भ्याक्सिन सुरक्षित गरेको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

आफूले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकसँग भेटेको र उनीहरुले विकास गर्न लागेको खोप निकै उत्साहजनक रहेको पनि जोन्सनले बताए ।

भ्याक्सिन टास्क फोर्सका अध्यक्ष केट बिङ्घमले कोरोना भाइरसविरुद्धको खोप सबैका लागि उपलब्ध हुन नसक्ने बताए । जोखिममा भएकाहरुलाई मात्रै खोप लगाइने र सबैलाई खोप लगाइने कुरामा सत्यता नभएको उनले बताएका छन् । १८ मुनिकाहरुलाई कोरोना विरुद्धको खोप नदिइने पनि उनले प्रस्टयाए  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक