लन्डन । गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समिती र अन्तरर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) का पदाधिकारीहरुको संयुक्त अनलाइन बैठक सम्पन्न भएको छ ।
बैठकले आउदो श्री पन्चमीका दिन उन्नाइस वर्ष मुनिका गैर आवासीय नेपाली युवाहरूबिच अन्तरर्राष्ट्रिय नेपाली कविता प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ ।
विजयी प्रथम हुने युवा कविलाई एक लाख रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ भने द्वितीय हुनेलाई पचास हजार , तृतीयलाई पच्चीस हजार र अङ्ग्रेजी बिधा तर्फका उत्कृष्टलाई पच्चीस हजार र प्रमाणपत्र प्रदान गरिने छ ।
कार्यक्रम आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्बज्ञ वाग्ले ( अमेरिका ) र सदस्यहरु महेश्वर पन्त ( अमेरिका ) , तिर्थ सङ्गम राई ( कतार), डा. केशव शर्मा ( अस्ट्रेलिया ), बिमला निरौला ( अमेरिका ), गणेश खडका ( अफ्रिका ), गिरिजा गैह्रे ( जापान ), बिष्णु माया बिभु ( नर्वे ) र महता घिमिरे चापागाईं ( अस्ट्रेलिया ) रहनु भएको छ ।
त्यसै गरि समितीको सल्लाहकारमा प्रा. डा. हेमनाथ पौडेल ( काव्य बिभाग प्रमुख, नेपाल प्रज्ञा प्रतिस्ठान ) , गैरआवासीय नेपाली संघका भाषा ,साहित्य , संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापा र अन्तरर्राष्ट्रिय नेपाली साहित्य समाजका अन्तरर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइला रहनु भएको छ ।
बैठकमा अनेसासका अन्तरर्राष्ट्रिय समितीका अध्यक्ष प्रकाश पौडेल माइला , वरिष्ठ उपाध्यक्ष गोबर्द्दन पुजा, महासचिव सर्बज्ञ वाग्ले लगाएत पदाधिकारीहरु र एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापा, उपाध्यक्षहरु महेश्वर पन्त, हरि पौडेल, बेलुकाजी थापा, सदस्य सचिव भगवती बस्नेत लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकले नेपाली भाषा र साहित्यको प्रवर्धनका लागि आगामी दिनहरूमा संयुक्त रुपमा कार्यक्रमहरु गर्द लैजाने विषयमा समेत छलफल भएको थियो ।