बेलायतमा अप्रिलभित्र सबैलाई कोरोना भ्याक्सिन दिइने

लन्डन । बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर चल्दै गर्दा सन् २०२१ को ‘इस्टर’ अर्थात अप्रिल पहिलो हप्तासम्म प्रत्येक नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन दिइने वैज्ञानिकहरुले  दावी गरेका छन्  ।

कोरोना खोपको विकासमा तीव्र रुपमा लागि परेको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्यूटिकलले भनेका छन्- ‘सन् २०२१ को आरम्भमा कोरोना भ्याक्सिन तयार हुन्छ र यसको वितरणमा सरकारलाई ६ महिना लाग्न सक्ने छ ।’ तर सरकारी स्रोतका आनुसार निर्धारित समयभन्दा अघि पनि सम्भव हुने उनीहरुको धारणा छ ।

अक्सफोर्डका वैज्ञानिकहरुले खोपको विकासमा काम गरिरहेको र आगामी वर्षको शुरुमा यस खोपलाई अनुमोदन गरिने अपेक्षा गरेका छन् । विशेषगरी ठूलो समूहमा स्वास्थ्यकर्मीबीच भ्याक्सिन सम्बन्धि नियम तयार भैरहेको र हप्ता दिनभित्र तालिम शुरु हुने बताइएको छ ।

लाखौं मानिसलाई खोप दिन ठूलो चुनौती सामना गर्नुपर्ने भएकाले ‘ड्राइभथ्रु भ्याक्सिन’ केन्द्रको योजना भैरहेको र सेनाको पनि सहयोग लिइने बताइएको छ  ।

तर बेलायतका सम्पूर्ण नागरिकसमक्ष खोप पुर्याउन कम्तिमा एक वर्ष लाग्न सक्ने केहि वैज्ञानिकहरुको धारणा छ । खोपलाई प्राथामिकताका आधारमा वितरण गरिने भएकाले यसको कार्यान्वयनमा भरपर्ने पनि उनीहरुले बताए ।

हाल अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्यूटिकलको संयुक्त प्रयासमा खोप विकास भैरहेको छ ।

चीन, रसिया, अमेरिकालगायत देशका करिब दर्जन कम्पनीहरुले कोरोना विरुद्धको भ्याक्सिन अन्तिम चरणमा ‘ट्रायल’ गरिरहेका छन् ।

गत अप्रिलदेखि उक्त खोप मानव परीक्षण शुरु गरिएको हो ।  बेलायतमा ५३ मिलियन जनतालाई भ्याक्सिन दिनुपर्नेछ । सरकारले अक्सफोर्डसँग १ सय मिलियन डोज भ्याक्सिन अर्डर गरिसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित