लन्डन । बेलायतमा कोरोना संक्रमण तीव्र गतिले बढ्न थालेपछि यसको नियन्त्रण प्रयासमा सरकारले इङ्ल्यान्डका पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी व्यवसाय राती १० बजे बन्द गरिसक्नुपर्ने घोषणा गरिसकेको छ । खुला रहेको समय पनि ‘टेबल सर्भिस’ मात्रै दिन पाइनेछ । तर टेकअवे तथा ड्राइभथ्रुका लागि भने यो नियम लागू हुनेछैन् ।
फाष्टफुड रेष्टुरेन्ट म्याकडोनाल्ड, प्रित ए म्यानेजर लगायत अल्कोहल लाइसेन्स आवश्यक नपर्ने रेष्टुरेन्टहरुले भने टेबल सर्भिसको नियम मान्नु नपर्ने भएको छ ।
तर, सरकारले छोटो समयमा नयाँ नियम लागू गरेको भन्दै ‘इन्डस्ट्री ग्रुप यूके हस्पिटालिटी’ ले विरोध जनाएको छ ।
बेलायतमा केहि दिन यता कोरोना संक्रमितको संख्या विगत ५ महिना यताकै सबैभन्दा बढी हुन् थालेपछि सरकारले कडा नीति अपनाएको हो ।
सरकारका विज्ञ सल्लाहकारहरुले पनि समयमै सही कदम चाल्न नसके अक्टोबर दोस्रो सातासम्म नयाँ संक्रमणको केसहरु दैनिक ५० हजार पुग्न सक्ने चेतावनी दिएका थिए ।