२४ घण्टाभित्र बेलायतमा ६ हजार बढी संक्रमित

लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्ने क्रममा छ । पछिल्लो २४ घन्टामा थप ६ हजार १ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

यो संख्या पछिल्ला दिनको तुलनामा सबैभन्दा बढी हो । सरकारले संक्रमण नियन्त्रणका लागि विभिन्न कदम चाल्दै गर्दा संक्रमित संख्या उच्च दरमा वृद्धि भएको हो । हिजो मंगलबार २४ घण्टाभित्र ४ हजार ९ सय २६ जनामा संक्रमण पुष्टि भएको थियो ।

हिजो सार्वजनिक तथ्याँकको आधारमा पछिल्लो २४ घण्टामा थप एक चौथाई अर्थात एक हजार दुई सय भन्दा बढी नयाँ संक्रमित थपिएका हुन् ।

हालसम्म बेलायतमा ४ लाख ९ हजार ७ सय २९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी गएको २४ घन्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ४१ हजार ८ सय ६२ जनाको मृत्यु भैसकेको छ । संक्रमण नियन्त्रण गर्न सरकारले विभिन्न प्रतिवन्ध घोषणा गरेको छ । ईङ्ल्यान्डमा ६ जना भन्दा बढीको सामाजिक जमघटमा गत हप्तादेखि नै प्रतिबन्ध लगाइएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार टेलिभिजन सम्बोधनमार्फत विहीबारदेखि नयाँ नियम घोषणा गरेका छन् ।

नयाँ नियम अनुसार इङ्ल्यान्डका पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी सेक्टरका सबै व्यवसाय राती १० बजे बन्द गरिसक्नुपर्नेछ । खुला रहेको समय पनि ‘टेबल सर्भिस’ मात्रै दिन पाइनेछ ।

बेलायतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेर ‘अलर्ट’ लेभल ४ पुग्दै गर्दा सरकार थप सतर्कताको प्रयासमा जुटेको छ ।

यसअघि सरकारका विज्ञ सल्लाहकारहरुले पनि समयमै सही कदम चाल्न नसके अक्टोबर दोस्रो सातासम्म नयाँ संक्रमणको केसहरु दैनिक ५० हजार पुग्न सक्ने चेतावनी दिइसकेका छन्  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक