एनआरएनए अफ्रिका आपतकालीन राहत कोषबाट मृतकका परिवारलाई एक लाख सहयोग

अफ्रिका । गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रीय राहत कोषले कोरोनाका संक्रमणबाट अफ्रिकामा मृत्यु भएका व्यक्तिको परिवारलाई एक एक लाखको दरले सहयोग गर्ने भएको छ । अफ्रिकाका नियालसन बखिम लिम्बुका परिवारलाई एक लाख र युगान्डामा मृत्यु भएका यजेन्द्र प्रताप सेन ठकुरीको परिवारलाई कोषको तर्फबाट  एक लाख सहयोग गर्ने निर्णय गरिएको हो ।

उक्त सहयोग मध्य पचास हजार कोषको खाताबाट र पचास हजार संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले व्यक्तिगत  रुपमा कोष मार्फत सहयोग गर्ने बताइएको छ ।  एनआरएनए अफ्रिका राहत कोषका संयोजक हिक्मत थापाले अफ्रिकाका नेपालीहरुको आपतकालीन सहयोगका लागि स्थानीय  नेपाली बाट स्थापित कोषले तत्काल परिवारलाई थोरै  भए पनि सहयोग पुर्याउने निर्णय गरेको जानकारी गरे  ।

सहयोगको  लागि एनआरएनएका अफ्रिका संयोजक रोशन थापा लगाएत सबै सदस्यहरुलाइ संयोजक थापाले धन्यबाद व्यक्त गरेका छन्  । अफ्रिकी मुलुकमा कोरोना संक्रमणका कारण हालसम्म दुई जना नेपालीले ज्यान गुमाइसकेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित