प्रवासी प्रवाहको उन्नाइसौ श्रृङखला मुक्तक बिशेषमा मुक्तककार रामकाजी कोने

लन्डन । भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्धन समिति गैर आवासीय नेपाली संघद्वारा आयोजना गरिंदै आएको  प्रवासी प्रवाहको उन्नाइसौ श्रृङखला  मुक्तक बिशेष सम्पन्न भएको छ । आइतबार सम्पन्न सो कार्यक्रममा वरिष्ठ मुक्तककार एवं  नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले विश्वभर रहेका नेपालीको पीडालाई प्रस्तुत गरे ।

आफ्ना लाला बाला त्यागेर मुग्लान पस्नेलाई त्यागी भन्ने कि नभन्ने  ? पसिनासंग  साटेका डलरलाई योगदान भन्ने कि नभन्ने ? परिवार मात्रै हैन उसको रेमिटेन्सले देशनै चलेको बेला, मृत्यवरण गरि बाकसमा फर्की आउनेलाई सहिद मान्ने कि नमान्ने ?  यस्तै जिज्ञासाले भरिएको व्यथालाई अध्यक्ष कोनेले प्रस्तुत गरे ।

एनआरएनएको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको अनलाइन श्रृङखलामा प्रवासका पीडा , देशको अवस्था , कोराना कहर र माया प्रीतिका कुरा लगातार मुक्तकमा बगिरहे र स्रोताहरुका लागि निरन्तर कर्णप्रिय बनिरहे । रामकाजी कोनेका साथमा प्रवासका प्रभावी मुक्तककारहरु कोरियाबाट रामचन्द्र शर्मा, अमेरिकाबाट आनन्द श्रेष्ठ , कतारबाट सोतन्त्र नेपाल , रोमानियाबाट युवराज लामिछाने र इजरायलबाट सुचित्रा खनिया ।

यसैगरी  मुक्तकमै मिठास भर्नामा तल्लिन रहे  संचालकहरु नृपेश उप्रेतीले लन्डन  र भगवती बस्नेत काठमाडौंबाट । चोटिलो पोटिलो मुक्तक बिधा नेपाली साहित्यमा लोकप्रिय र बिश्वब्यापी हुँदै गएकोमा आफू मक्ख परेको अनुभव सुनाउदै कोनेले फेरि एनआरएन र प्रवासी प्रवाहलाई  धन्यवाद दिंदै  भने ‘नेपाली साहित्यको सुगन्ध संसार भर फैलिदै गरोस’ ।

कार्यक्रम पूरै अंश  सुन्नको लागि  कृपया एनआरएन साहित्यको यो लिन्क्कमा जानु होला ।

 

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित