कोरोनाबाट विश्वभर ९ लाख भन्दा बढीको मृत्यु

जेनेभा । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ४५ हजार ७२६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको संगठनले जानकारी दिएको छ । संक्रमितहरु मध्ये ६० हजार ९१५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६७ लाख ७८ हजार १४७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ४० लाख ६८ हजार ८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख १९७ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारतमा ५० लाख २० हजार ३५९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । ३९ लाख ४२ हजार ३६० कोरोना भाइरस मुक्त भएका छन् भने ८२ हजार ९१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४३ लाख ८४ हजार २९९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । ३६ लाख ७१ हजार १२८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३३ हजार २०७ जनाको मृत्यु भएको छ । रुसमा १० लाख ७३ हजार ८४९ जना कोरोना भाइरस संक्रमित रहेका छन । आठ लाख ८४ हजार ३०५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ७५० जनाको मृत्यु भएको छ ।

पेरुमा ७ लाख ३८ हजार २० जनामा कोरोना भाइरस संक्रमण  रहेको छ । पाँच लाख ८० हजार ७५३ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ९२७ जनाको मृत्यु भएको छ । कोलम्बियामा ७ लाख २८ हजार ५९० जनामा कोरोना भाइरस संक्रमण  रहेको छ । पाँच लाख ७ हजार ९७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार २८८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ७६ हजार ४८७ जनामा कोरोना भाइरस संक्रमण  रहेको छ । चार लाख ८१ हजार ६८ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ६७८ जनाको मृत्यु भएको छ ।दक्षिण अफ्रिकामा ६ लाख ५१ हजार ५२१ जनामा कोरोना भाइरस संक्रमण  रहेको छ । ५ लाख ८३ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ६४१ जनाको मृत्यु भएको छ ।

स्पेनमा ६ लाख ३ हजार १६७ जनामा कोरोना भाइरस संक्ररमण हेको छ भने ३० हजार ४ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ५ लाख ७७ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण  रहेको छ । चार लाख ३८ हजार ८८३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ८५२ जनाको मृत्यु भएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित