एनआरएनए दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजना गर्न  लागिएको  दोस्रो विश्व ज्ञान सम्मेलन आगामी अक्टोवर ९ – ११ (असोज २३-२५) तीन दिनसम्म चल्ने  भएको छ । भर्चुअल माध्यमबाट गरिने उक्त सम्मेलनको  उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने  तय भएको एनआरएनए अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

सम्मेलनमा संयुक्त राष्ट्र संघअन्तरर्गतको विश्व खाद्य संगठन, आइएलओलगायत इसिमोड, एसियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।

नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विषेश अतिथिको रुपमा उपस्थित हुने सो सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक साइप्रस, अमेरिका, बेलायत, चीन, जापान, फिनल्यान्ड, अष्ट्रेलिया, नर्वे, नेदरल्यान्ड, क्यानाडा, भारत, सिंगापुर, श्रीलंका, फ्रान्स, जर्मनी, दक्षिण कोरियाका वैज्ञानिकहरु सहभागी हुने छन् ।

विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न सुरु गरिएको थियो ।

संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका केन्द्रित हुने सम्मेलन आयोजक समितिका संयोजक डा. हेमराज शर्माले जानकारी दिए ।

एनआरएन र नेपाल सरकारको सहकार्यमा हुन लागेको यो सम्मेलनमा चार प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने सम्मेलन आयोजक समितिका सहसंयोजक डा. हरि दाहालले जानकारी दिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित