अफ्रिकामा अन्तरराष्ट्रिय  नेपाली साहित्य समाज गठन

अफ्रिका ।  अफ्रिकामा रहेका नेपाली साहित्यकर्मीबीच भर्चुअल बैठक मार्फत  आज आइतबार अन्तरराष्ट्रिय  नेपाली साहित्य समाज अफ्रिका च्यापटरको  गठन  गरेको  छ । नवगठित  समितिको अध्यक्षमा गणेश खडका ( सेसेल्स ), उपाध्यक्षमा सुवास सापकोटा ( केन्या ), महासचिवमा दुर्गा बिनय ( मलावी ) सचिवमा वड मिसन ( कङ्गो ), कोषाध्यक्षमा पुरोषत्तम अधिकारी ( सेसेल्स ) र सदस्यहरुमा प्रदिप ध्वज बुढाथोकी ( युगान्डा ) , रमेश राई ( मदागास्कार ) र अन्जु पौडेल ( नाइजेरिया ) रहेका छन । अन्य देशहरु बाट सदस्यहरु पछि थप गरिने छ ।

समितिको सल्लाहकारमा हिक्मत थापा (नाइजेरिया ), कृष्ण दत्त भट्ट (केन्या ) र रमेश कंडेल ( युगान्डा ) लाई समेत बैठकले चयन गरेको छ । बैठकमा शुभकामना दिंदै  अनेसास अन्तरराष्ट्रिय  समितिका अध्यक्ष प्रकाश पौडेल माइलाले अब अनेसास संसारका सबै महादेशमा पुगेको बताउंदै  कार्यसमितिमा चयन हुने  सम्पुर्ण साथीहरुलाई बधाई र शुभकामना दिएका थिए  ।

अफ्रिकामा नेपाली साहित्यमा कलम चलाउनु हुने लेखकहरुलाई अनेसासको अन्तरराष्ट्रिय  संजालमा स्वागत गर्दै पौडेलले सबै मिली नेपाली भाषा र साहित्यलाई बिश्वब्यापी बनाउनु पर्ने अभियानमा आफुहरु रहेको बताए  । त्यसैगरी गैरआवासीय नेपाली सङ्घ – भाषा , साहित्य , संस्कृती तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले अफ्रिकामा अनेसास स्थापना गर्ने पुरानो सपना आज यथार्थमा परिणत भएको छ भन्दै नेपाली भाषा साहित्यलाई अफ्रिकामा समेत बिस्तार र समृद्ध गर्न यसले थप योगदान दिनेछ भन्ने विश्वास व्यक्त गरे ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित