लण्डन । जापानको भावी प्रधानमन्त्रीको लागि योशिहिदे सुगाको दरिलो सम्भावना रहेको सर्वेक्षणले देखाएको छ । लिबरल डेमोक्रयाटिक पार्टीका सुगा सन् २०१२ देखि चिफ क्याबिनेट सेक्रेटरीकोको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सुगा जापानमा रहेका नेपाली व्यबसायी तथा एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टका काका ससुरा पर्दछन् । सुगा श्रीमती मियको भट्टको काका पर्दछन ।सुगा जापानका नयाँ प्रधानमन्त्री भए नेपाल र नेपालीका लागि पनि खुसीको खबर बन्ने छ ।
जापानमा सफल व्यवसायीको रुपमा परिचित भट्टले चाहे भने आफ्नो पारिवारिक सम्बन्धलाई बढाएर दुई देशबीचमा पनि सम्बन्ध बढाउने पहल गर्न सक्नेछन् । आउँदो सेप्टम्बर १६ मा जापानमा नयाँ प्रधानमन्त्री घोषणा हुने कार्यक्रम छ ।

भवन भट्ट तथा श्रीमती मियको भट्ट
सबैभन्दा लामो कार्यकाल सम्हाल्ने सफल प्रधानमन्त्रीका रुपमा चर्चित सिन्जी आवेले स्वास्थका कारण पद छाड्ने निर्णय गरेपछि नयाँ प्रधानमन्त्रीको लागि दलमा नयाँ नेतृत्व चयन प्रकृया अगाडि बढेको हो । सीन्जो आवेका बिश्वासपात्रका रुपमा रहेका सुगाले पछिल्लो सर्बेक्षणमा पार्टीका दुई तिहाइ नेताको समर्थन पाउने देखाएको छ ।
स्थानीय पत्रिका क्योदोले गरेको एक सर्वेक्षणमा प्रधानमन्त्रीको दौडमा रहेका फुमियो किसिदा, पूर्व रक्षामन्त्री सिगेरु इसिवालाई पछाडि छाड्दै सुगा अगाडि देखिएका हुन् ।
आगामी हप्ता हुने लिबरल डेमोक्रयाटिक पार्टीको चुनाबमा सुगाले जित्नु महत्वपूर्ण घटनाक्रम बन्नसक्ने व्यवसायी भवन भट्टले बताए । उनले भने, ‘जापानजस्तो शक्तिशाली देशको प्रधानमन्त्री एउटा नेपालीको नातागोतामा पर्नु आँफैमा पनि महत्वको बिषय बन्न सक्छ ।‘