नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, उपत्यकामा अहिलेसम्मकै उच्च

काठमाडौंमा । नेपालमा कोरोना भाइरसका थप १  हजार २ सय ४६ जना नयाँ संक्रमित  थापिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ  । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा थप १  हजार २ सय ४६ जनामा कोरोना संक्रमणको  पुष्टि भएको  हो ।

उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै ५ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ।  काठमाडौंमा ४ सय ९५ जना, ललितपुरमा ४३ जना र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।  योसंगै नेपालमा  कुल संक्रमितको संख्या  ५० हजार ४ सय ६५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० जना र  होम आइसोलेशनमा ६ हजार ४ सय ३८ जना रहेका छन्  । बितेको  २४ घण्टामा देशभर १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएका छन्  । योसँगै निको हुनेको कुल संख्या ३५ हजार ७सय  पुगेको छ । नेपालमा निको हुने संक्रमितको दर ७१ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी २४ घन्टाभित्र नेपालमा १ महिला र ४ पुरुष गरि थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । यस्तै चितवनमा ६२ वर्षीय पुरुष र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट  ज्यान गुमाउनेको संख्या ३ सय १७ पुगेको छ ।

काठमाडौंमा तीन हप्तादेखि जारी निषेधाज्ञा आजैअबाट खुकुलो पारिएको छ ।  तर निषेधाज्ञा लागू भएयता कोरोना संक्रमितको संख्या भने निरन्तर बढ्दै गैरहेको छ ।  काठमाडौंमा निषेधाज्ञा  खुकुलो भएकै दिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित पुष्टि भएको छ ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित