हाम्रो गुठी यूकेद्वारा सिन्धुपाल्चोक पहिरो पीडितलाई दुई लाख सहयोग

लन्डन । बेलायतमा क्रियाशिल केही व्यक्तिहरुद्वारा  स्थापित ‘हाम्रो गुठी यूके’ ले नेपाल सिन्धुपाल्चोकका पहिरो पीडितलाई सुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । २५ सदस्यीय उक्त संस्थाले प्रत्येक सदस्यबाट जनही ४० पाउण्डका दरले संकलन गरेको एक हजार पाउण्ड र ‘हाम्रो गुठी’ का तर्फबाट ५ सय पाउण्ड गरि जम्मा एक हजार ५ सय पाउण्ड  संकलन गरि नेपाल पठाइएको हो ।

संस्थाका सदस्यहरु अमिर मान सिंह कार्की,भाइ राजा थापा,भाष्कर थापा,बिनोद केसी,बिनोद कार्की,दीपक केसी,डम्मर शाही,दीपक थापा,जगदिश्वर थापा,किशोर थापा,मणि राज थापा,नरेन्द्र बस्नेत,प्रदीप बस्नेत,प्रकाश केसी,राज कुमार बस्नेत,राजेश बानियाँ,राम बुढाथोकी,राम केसी,रन्जन बस्नेत,सचिन बुढाथोकी, शेखर कार्की,सुमन कुँवर ,सुरज थापा ,उत्सव बिष्ट  र यदु बिमलीले जनही ४० पाउण्ड सहयोग गरेका थिए ।

संकलित रकम नेपालको लोकप्रिय सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ मार्फत पीडित समक्ष पुरयाउन सञ्चालक कृष्ण कंडेललाई हस्तान्तरण गरिएको छ ।  संकलित २ लाख ३० हजार रुपैयाँ मध्ये ३० हजार रुपैयाँ इन्द्रेणी कार्यक्रम व्यवस्थापनलाई सहयोग स्वरूप प्रदान गरिएको छ भने बाँकी दुई लाख रुपैयाँ पहिरो पीडितलाई प्रदान गरिएको गुठी संयोजक सुमन कुँवरले जनाए ।

गत ३० साउनमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीमा गएको पहिरोका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ भने दुई जना अझै बेपत्ता छन् । पहिरोेले ३७ घर पुरिएका थिए । विस्थापित १ सय १२ घरपरिवारलाई अहिले जुगल गाउँपालिकास्थित सेलाङ बासखर्कमा स्थान्तान्तरण गरिएको छ ।

आपतविपतमा नेपाल र नेपालीलाई सहयोग गर्ने उद्देश्यले सन् २०१९ मा स्थापित ‘हाम्रो गुठी’ ले नयाँ पुस्तालाई नेपाली भाषा, कला संस्कृति र परम्पराको जगेर्ना गर्न प्रोत्साहित गर्ने लक्ष्य पनि लिएको संयोजक सुमन कुँवरले बताए ।

रकम संकलनमा सहयोग गर्नेहरुको  नमावली प्रस्तुत गर्दै इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कँडेल,

 

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित