नेपालमा थप १ हजार २ सय २८ संक्रमित, ६ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टाभित्र  नेपालमा थप १ हजार २ सय २८ जनामा  कोरोना संक्रमणको पुष्टि भएको छ । काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरि उपत्यकामा मात्र ४ सय ४५जना संक्रमित  भएका छन् ।

संक्रमित हुनेमा ३ सय ९४ महिला र ८ सय ३४ जना पुरूष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन्   । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ जनामा परीक्षण कोरोना परीक्षण गरिएको छ  । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ । यसैगरी आइसोलेशनमा १० हजार ६ सय ७१ र होम आइसोलेशनमा ७ हजार ७ सय ४२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ सय १७ जना कोरोना संक्रमित  निको भएर घर फर्केका छन् । योसंगै नेपालमा  कुल डिस्चार्ज भएकाहरूको संख्या  २४ हजार २ सय ७ पुगेको छ । बितेको २४ घन्टामा थप ६ जना कोरोना संक्रमितको  मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २ सय ५७ पुगेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित