काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक हजार १ सय २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ३ सय २० महिला र ८ सय पुरुष रहेका छन् । योसंगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ । पछिल्लो २४ घन्टामा एक सय १२ जना निको भएर घर फर्केका छन् । निको भएर घर फर्किनेको कुल सनाख्या २३ हजार २ सय ९० पुगेको छ ।
नेपालमा निको हुने संख्या ५६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बितेको २४ घन्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ । मृत्यु हुनेमा काठमाडौंका एक महिला र २ पुरुष, चितवनमा दुई महिला र एक पुरुष, ललितपुर, तनहुँ र कपिलवस्तुमा एक एक महिलाको मृत्यु भएको छ ।
यस्तै बारा, भक्तपुर र धादिङका एक एक जना सहित तीन पुरुषको मृत्यु भएको छ ।