नेपालमा थप एक हजार एक सय २० जना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक हजार १ सय २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ  ।

काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ३ सय २० महिला र ८ सय पुरुष रहेका छन् । योसंगै नेपालमा कुल संक्रमितको संख्या  ४१ हजार ६ सय ४९ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ । पछिल्लो २४ घन्टामा एक सय १२ जना निको भएर घर फर्केका छन् । निको भएर घर फर्किनेको कुल सनाख्या २३ हजार २ सय ९० पुगेको छ ।

नेपालमा निको हुने संख्या ५६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बितेको २४ घन्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जानकारी दिएका छन्।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ । मृत्यु हुनेमा काठमाडौंका एक महिला र २ पुरुष,  चितवनमा  दुई महिला र एक पुरुष,  ललितपुर, तनहुँ र कपिलवस्तुमा एक एक  महिलाको मृत्यु भएको छ ।

यस्तै बारा, भक्तपुर र धादिङका एक एक जना सहित  तीन  पुरुषको मृत्यु भएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित