नेपालमा कोरोनाबाट थप एक हजार ६९ जना संक्रमित, ११ को मृत्यु

काठमाडौं । गएको २४ घन्टामानेपालमा थप एक  हजार ६९ जना कोरोना संक्रमित  थपिएका छन् । जसमा  ३ सय ४४ महिलासहित  एक हजार ६९ जना कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ  ।

काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरि उपत्यकाभित्र मात्र ४ सय ८१ जना संक्रमित भएका छन् ।  योसंगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । हाल नेपालमा  सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो । संस्थागत आइसोलेसनमा दश हजार ८ सय ३२ र होमम आइसोलेशनमा ७  हजार २ सय ८० जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोना संक्रमित  निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या  २२ हजार १ सय ७८ पुगेको छ ।

बितेको २४ घन्टामा कोरोना भाइरसका कारण चार वर्षीय बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सामा ३ तथा काठमाडौं र महोत्तरीमा दुई दुई जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

यसैगरी सिरहामा ६५ वर्षीय, बारामा ६० वर्षीय, चितवन ५२ वर्षिय र मकवानपुर ५८ वर्षीय पुरुषको मृत्यु भएको हो  । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित