काठमाण्डौ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस यतिबेला नेपालमा तीव्र रुपमा बढ्दै गैरहेको छ । हालसम्म यसको कुनै पनि भ्याक्सिन तयार नभएको हुँदा आफैले सावधानी अपनाउनुपर्दछ । संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारको मात्र मुख ताकेर बस्नुभन्दा समाज र व्यक्ति पनि स्वयं सचेत हुन जरुरी छ ।
यसैगरी कोरोना संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले चन्द्रागिरी सहयोगी समाज वडा नम्बर १० ले आफ्ना सदस्य तथा तिनका परिवारहरुलाई प्रति सदस्य पांचवटा केएन ९५ मास्क तथा ह्याण्ड स्यानिटाईजर् वितरण गरेको संस्थाका अध्यक्ष भुपेन्द्र कुमार थापाले जानकारी दिए । सबै सदस्स्यहरुलाई सरसफाईमा आफूले पनि ध्यान दिने र अरुलाई पनि सावधानी रहन सचेत गराउन सल्लाह दिएको पनि थापाले बताए ।
कोरोना संक्रमणका कारण परेको असुविधालाई मध्यनजर गर्दै २०७७ सालमा संकलन गरिने सदस्यता शुल्क यसपटक नउठाउने समाजले निर्णय गरेको छ । अत्यावश्यक कामबाहेक बहिर ननिस्कन र सुरक्षित तथा सावधानी अपनाउन सबै सदस्यहरुलाई समाजको तर्फबाट सचेत गराइएको छ