लन्डन । लन्डनस्थित नेपाली दूतावासमा रिक्त रहेको उपनियोग प्रमुखको जिम्मेवारी सम्हाल्न परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनाल शनिबार लन्डन आइपुग्दैछिन ।
परराष्ट्र सेवामा एक दशक बिताइसकेकी खनालले यसघि मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क हेर्दै आएकी थिइन् । शाखा अधिकृतबाट जागिर शुरु गरेकी खनालले इजरायलस्थित नेपाली दूतावासमा समेत फस्ट सेक्रेटरीको रुपमा चार वर्षे कार्यकाल सम्पन्न अगरिसकेकी छन् ।
आगामी मंगलबारबाट खनालले औपचारिक रुपमा नेपाली दूतावास लन्डनको उपनियोग प्रमुखको कार्यभार सम्हाल्ने बताइएको छ । पाल्पा जिल्ला जन्मथलो भएपनि पछिल्लो समय उनि सपरिवार काठमाण्डौमा नै बस्दै आएकी छन् ।
सन् २०१६ मा बेलायत आएका नेपाली दूतावास लन्डनका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरन आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरि बिहीबार मात्र नेपाल फर्किएका थिए ।
उनि नेपाल फर्किए लगत्तै रोशन खनाल सपरिवार लन्डनका लागि प्रस्थान गरेकी हुन् ।