नेपालमा थप एक हजार १ सय ७७ संक्रमित, ८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार १ सय ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जानकारी दिएका छन्  ।

उपत्यकाभित्र मात्र अहिलेसम्मकै सबैभन्दा बढी ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ जनामा आरटी पीसीआर परीक्षण गरिएकोमा एक हजार १ सय ११ मा संक्रमण भेटिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा  ५ सय ६९ जना कोरोना संक्रमित निको भएर घर  फर्किएका छन्  । यसरि  निको भएर घर फर्किनेको  संख्या २० हजार ७३ पुगेको छ । नेपालमा  कुल निको हुने दर ५६ प्रतिशतमा झरेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या  १५ हजार २ सय ७३ रहेको छ । होम आइसोलेशनमा ६ हजार २ सय १० र संस्थागत आइसोलेशनमा ९ हजार ६३ जना रहेका छन् । विदेशबाट फर्किएका ९ हजार ४ सय  ४८ जना नेपालीहरु क्वारेन्टाइनमा बसेका छन् ।

२४ घन्टामा थप ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टा भित्र नेपालमा कोरोना संक्रमित ५ महिलासहित थप ८ जनाको मृत्यु भएको छ । थप मृत्यु हुनेमा  ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका एक एक  जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका एक एक  पुरुष रहेका छन् ।  योसँगै नेपालमा मृत्यु हुनेको संख्या  १ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित