नेपालमा कोरोनाबाट थप ८ सय ८५ संक्रमित, ११ को मृत्यु

काठमाण्डौ । गएको २४ घन्टामा नेपालमा थप ८ सय ८५ जनामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३सय १ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । योसँगै देशभर संक्रमित हुनेको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको स्वास्थ्य तथा जनासंख्य्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४घण्टामा १३ हजार २ सय ५३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । हाल १४ हजार ७ सय ३९ जना आइसोलेशनमा रहेका छन् । पछिल्लो २४घण्टामा ३ सय ८५ जना कोरोना संक्रमित  निको भएर घर फर्केका छन् ।

हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५ सय ४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या  १४ हजार ७ सय ९९ जना रहेको छ ।

नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको  छ ।
मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा  मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको मृत्यु भएको हो  ।

यस्तै कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुष,  बाँकेमा ३७ वर्षीय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षीय पुरुष र बारामा ४१ र ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट हालसम्म नेपालमा १ सय ७५ जनाको मृत्यु भैसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित