काठमाण्डौ । गएको २४ घन्टामा नेपालमा थप ८ सय ८५ जनामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३सय १ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । योसँगै देशभर संक्रमित हुनेको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको स्वास्थ्य तथा जनासंख्य्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४घण्टामा १३ हजार २ सय ५३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । हाल १४ हजार ७ सय ३९ जना आइसोलेशनमा रहेका छन् । पछिल्लो २४घण्टामा ३ सय ८५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५ सय ४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ९९ जना रहेको छ ।
नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको मृत्यु भएको हो ।
यस्तै कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुष, बाँकेमा ३७ वर्षीय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षीय पुरुष र बारामा ४१ र ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट हालसम्म नेपालमा १ सय ७५ जनाको मृत्यु भैसकेको छ ।