नेपालमा कोरोनाबाट थप ८ सय ५५ संक्रमित, ७ को मृत्यु

काठमाण्डौ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ५३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ११ हजार ३२७ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसैगरी आज ३१३ जना कोरोना सङ्क्रमण निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या जम्मा १९ हजार ११९ पुगेको उनले बताए ।

मुलुकभर हाल १४ हजार २५० जना आइसोलेशनमा रहेका र त्यसमध्ये होम आइसोलेशनमा पाँच हजार ६६९ एवम् संस्थागत आइसोलेसनमा आठ हजार ५८१ जना रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै मुलुकभरका क्यारेन्टिनहरुमा हाल १० हजार ४५३ जना रहेका छन् ।

थप ७ जनाको मृत्यु
बितेको २४ घन्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा र रुपन्देहीका एक-एक गरी ७ जना छन् ।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित