लन्डन । बेलायतमा कोरोनाबाट संक्रमित ५१ वर्षीय भूतपूर्व गोर्खा साना शेर्पाको निधन भएको छ । उनि शेर्पा संघ यूकेका अध्यक्ष समेत हुन् । उनलाई गत जुलाई १३ मा केन्टको विलियम हार्भी अस्पताल भर्ना भएका गरिएको थियो ।
उनको स्वास्थ्यमा सुधार नआएपछि दुई हप्तापछि उनलाई लन्डनको सेन्ट थोमस अस्पताल सारिएको थियो । शेर्पाको लन्डन सेन्ट थोमस अस्पतालमा सोमबार दिउंसो उपचारका क्रममा निधन भएको हो ।
दुई हप्ता अघिको परीक्षणमा कोरोना मुक्त भएपनि कलेजोमा देखिएको समस्याका कारण उनको निधन भएको बताइएको छ ।
भोजपुर पुर्ख्यौली घर भएका स्वर्गीय शेर्पा परिवारसहित बेलायतको केन्टमा बस्दै आएका थिए । उनका श्रीमती र तीन छोरा छन् ।
शेर्पा संघ यूके लगायतका सामाजिक संघ संस्थामा आवद्ध शेर्पा सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए ।