नेपालमा  थप ७ सय ४३ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं  । नेपालमा  थप ७ सय ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिएको छ ।

संक्रमितमध्ये  काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २ सय  २४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय ३४ जनामा कोरोनाको  परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १ सय ७५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

निको भएर घर फर्किनेको  कुल संख्या १८ हजार ८ सय ६ पुगेको छ।  हाल संक्रमितमध्ये  निको हुने दर ५८ प्रतिशतमा झरेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको  प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

तेस्तै आइसोलेशनमा ९ हजार १ सय ५४ र  होम आइसोलेशनमा ४ हजार ५ सय ६१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सुनसरीका १, मोरङका १, पर्साका १, काठमाडौंका १, रुपन्देहीका ४ जना गरी  ८ जनाको मृत्यु भएको  मन्त्रालयले जानकारी दिइएको छ ।

योसँगै  नेपालमा कोरोना भाइरसका कारण  मृत्यु हुनेको कुल संख्या १ सय ५७ पुगेको छ । पछिल्लो समयमा कोरोना संक्रमित तथा मृतकको संख्या बढ्दै गएको छ

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित