नेपालमा थप ८ सय १८ संक्रमित, उपत्यकामा मात्र १६६ जना

काठमाडौं । गएको २४ घण्टाभित्र नेपालमा थप ८ सय १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरि उपत्यकामा १ सय ६६ जना नयाँ संक्रमित पुष्टि भएको हो  ।

योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घन्टामा २ सय ८१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसंगै नेपालमा निको भएर घर फर्किनेको कुल संख्या १८ हजार ६ सय ३१ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ ।

त्यस्तै ११ हजार ४ सय १४ जना क्वारेन्टाइनमा र ३ हजार ९ सय ४३ जना आइसोलेशनमा रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २६ जनामा पीसीआर परीक्षणमा गरिएको थियो  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित