काठमाडौं । गएको २४ घण्टाभित्र नेपालमा थप ८ सय १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरि उपत्यकामा १ सय ६६ जना नयाँ संक्रमित पुष्टि भएको हो ।
योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घन्टामा २ सय ८१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
योसंगै नेपालमा निको भएर घर फर्किनेको कुल संख्या १८ हजार ६ सय ३१ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ ।
त्यस्तै ११ हजार ४ सय १४ जना क्वारेन्टाइनमा र ३ हजार ९ सय ४३ जना आइसोलेशनमा रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २६ जनामा पीसीआर परीक्षणमा गरिएको थियो ।