महत्वपूर्ण प्रस्ताव पारित गर्दै एनआरएनए आइसीसीको ७४ औं बैठक सम्पन्न

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको ७४ औं बैठक सम्पन्न भएको छ । बैठकमा  सांगठानिक पुर्नरसंरचना तथा विधान संसोधन लगायतका विभिन्न  विषयमा सहमत भएको छ ।

 बैठकमा  संघको सदस्यता, महाधिवेशन प्रतिनिधि र अनलाइन भोटिङको ब्यबस्थाको लागि सैद्दान्तिक रुपमा सहमत भएको छ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार, बैठकमा संघको साधारण सभा, सदस्यता र प्रतिनिधि छनोटका बिषयमा धेरै छलफल भए । यस बाहेक केहि नियमित एजेण्डामा पनि छलफल र निर्यण भएका छन ।

तर बिशेष रुपमा भने सदस्यता, महाधिवेशन प्रतिनिधि र निर्वाचन प्रणालीमा नै केन्द्रित रहन गयो । अगष्ट २२, २०२० मा बसेको एनआरएनए आइसीसीको ७४ औं बैठकले संघको सदस्यता र महाधिवेशनका प्रतिनिधि, निर्वाचन प्रणाली सम्बन्धि निर्णय गरेको छ।

अब संघको सदस्यता स्मार्ट एनआरएनए सिष्टममा गएर निशुल्क लिन सक्ने बनाइने छ। त्यसैगरी महाशिवेशन प्रतिनिधि पनि निशुल्क गर्ने र अनलाइन भोटिङको ब्यबस्थालाइ उत्कृष्ट रुपमा नीति तय गर्नको लागि समेत निर्णय गरिएको छ।

यसका लागि बैठकले संघका महासचिव डा हेम राज शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।

कार्यदलमा सचिव गौरीराज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ र निवर्तमान प्रवक्ता तथा बिधान समितिका संयोजक भुषण घिमिरे रहनुभएको छ। आवश्यक्ता अनुसार कार्यदलले सदस्यहरु थप गर्न सक्नेछ।

तर कार्यदलले नीतिको ब्यबहारिकतालाइ समेत ध्यान दिएर प्रतिवेदन तयार पारी दुइ हप्ता भित्रमा संघको पधाधिकारी बैठकमा पेश गर्नुपर्ने छ। संघले सो नीति गैरआवासीय नेपाली संघको बिशेष साधारण सभामा पेश गर्ने छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित