कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी गराउन जनसम्पर्क समिति यूरोपको आग्रह

लन्डन । नेपाली जनसम्पर्क समिति यूरोपले एक विज्ञप्ति जारी गरि  विदेशमा रहेका नेपालको संविधान र लोकतन्त्रवादी नेपालीहरुको भावना अनुरुप सबैलाई  कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी गराउन सभापति  शेरबहादुर  देउवासमक्ष  माग गरेको छ ।

समितिका सभापति दिल गुरुङ र महामन्त्री गंगाधर गौतमद्वारा बिहीबार जारी गरिएको विज्ञप्तिमा  गत वर्ष संसोधित नेपाली कांग्रेसको विधानले १३ औं महाधिवेशनको भावनालाई कुल्चिएको ठहर गरेको छ  ।

नेपालको संविधानले समेत विदेशमा बस्ने नेपालीहरुको लागि गैरआवासीय नेपाली नागरिकतालाई मान्यता दिएको अवस्थालाई समेत कुल्चेर पार्टीले विदेशी नागरिकता लिएका भन्दै हजारौं कार्यकर्तालाई पार्टीको क्रियाशिल सदस्यताबाट बन्चित गराउन खोजिनु उचित नभएको नेपाली जनसम्पर्क समिति युरोपको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ  ।

नेपालको संविधान र लोकतन्त्रवादीहरुको भावना अनुरुप सबैलाई १४ औं महाधिवेशनमा भाग लिन पाउने वतावरण तयार गर्न पार्टी समक्ष आग्रह गरेको हो । यसका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिको म्याद सकिएका देशहरुमा तत्काल अधिवेशनको मिति तय गरि अघि बढ्न समेत सबै पक्षसंग आग्रह गरेको छ ।

यस्तै  कोभिड १९ को प्रभावका कारण विदेशमा रहेका नेपाली समुदायप्रति नेपाल सरकारले देखाएको उदासिनताप्रति नेपाली जनसम्पर्क समिति युरोपको ध्यानाकर्षण भएको छ । कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनपछि नेपाल सरकारको कमजोर व्यवस्थापनको कारणले देशभित्र फैलिएको कोरोना संक्रमणप्रति नेपाली जनसम्पर्क समिति युरोप चिन्ता व्यक्त गर्दछ ।

कोरोना भाइरसको संक्रमणको रोकथामको लागि सरकारले प्रभावकारी कदम चाल्नुको सट्टा स्वास्थ्यसम्वन्धी सामग्री, चार्टड उडानलगायतमा सरकार आर्थिक चलखेलमा मुछिनु निन्दनीय हो ।

विदेशस्थित एयरलाइन्सलाई उडान अनुमति दिनु र यात्रुहरु बोकेर उड्न लागेको नेपाल एयरलाइन्सको जहाजलाई अन्तिम समयमा आएर रोकिनु सरकार काम धन्दामा लागेको प्रमाणका रुपमा लिन सकिन्छ ।

कोरोना संक्रमणपछि विश्वका अधिकांश देशले आफ्ना देशका उडानलाई व्यवस्थापन गरेका छन् तर नेपाल सरकार नियमिति उडान सञ्चालन गर्नुको सट्टा अझै चार्टड उडानको नाममा आर्थिक चलखेलमा संलग्न भएको प्रष्टै छ ।

त्यसैले चार्टड उडान र स्वास्थ्यसम्बन्धी सामग्री खरिद प्रकरणमा तत्काल स्वतन्त्र छानविनको लागि सम्वन्धित पक्षसँग आग्रह गर्दै तत्काल नियमित उडान संचालन गर्न आग्रह गरिन्छ,  विज्ञप्तिमा भनिएको छ ।

सन् २००७ मा स्थापना भएको नेपाली जनसम्पर्क समिति युरोप विदेशस्थित नेपाली कांग्रेसप्रति आस्था राख्ने सबै र लोकतन्त्रवादीहरुलाई संगठित गर्दै आइरहेको छ ।

जनसम्पर्क समिति युरोपको महत्वपूर्ण भूमिकाका कारण नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिहरुमा युरोपका बिभिन्न देशमा संन्जालन विस्तार गर्न सफल भएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित