नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, थप ११ को मृत्यु

काठमाण्डौ  ।  पछिल्लो २४ घन्टामा  थप ८ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

संक्रमितमध्ये काठमाडौंमा १ सय ८२, ललितपुरमा २५  र भक्तपुरमा १  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

पछिल्लो चौबीस घण्टामा २ सय ९२ महिला र  ५ सय ४६ जना पुरूषमा कोरोनाको  पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ५० जना डिस्चार्ज भएका छन् ।  योसँगै निको भएर घर फर्किनेको कुल संख्या १८ हजार २ सय १४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ भने आइसोलेशनमा रहेकाको संख्या ८ हजार ५ सय ४६ रहे्को छ । यस्तै होम आइसोलेसनमा ३ हजार ५८६ जना रहेका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण समूदायस्तरमा फैलिरहेको बेला आइसीयूमा पनि विरामीको संख्या बढ्दै  गएको छ ।  बागमती प्रदेशमा १५ सहित हाल नेपालमा कुल १ सय ३३ जनाको आइसीयूमा उपचार भैरहेको छ ।

थप ११ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् ।

जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित