नेपालमा थप ७ सया ७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ  ।  कोरोना भाइरसका कारण नेपालमा थप ७ सय ७ जना  नयां  संक्रमित थपिएका छन् । जसमध्ये  काठमाडौंमा १ सय ७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । योसंगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

हाल देशभर ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ८३ जना रहेको छ  भने क्वारेन्टिनमा ११ हजार ७ सय ६८ रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा ११ हजार ८ सय ३२ जनामा  पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २ सय ६४ जना संक्रमित  निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ७ सय ६८ जना संक्रमित  निको भएर घर फर्किएका छन् ।

थप छ जनाको मृत्यु

कोरोना भाइरसका कारण नेपालमा थप छजनाको मृत्यु भएको  मन्त्रालयले जानकारी दिएको छ । दुई महिला र चार पुरुषको मृत्यु भएको हो ।

काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक एक पुरुष र पर्सा जिल्लामा एक महिला र दुई दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

नेपालमा कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित