नेपालमा कोरोनाबाट ५ सय ८१ संक्रमित, तीनको मृत्यु

काठमाडौँ । कोरोना भाइरसका कारण नेपालमा ५ सय ८१ जना नयाँ संक्रमित  थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २० जनामा पीसीआर परीक्षण गरिएकोमा ५ सय ८१  जनामा संक्रमणको  पुष्टि भएको हो ।  जसमध्ये  उपत्यकामा मात्र १ सय ६८ जना नयाँ संक्रमित रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा सनाक्रमित हुनेको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ४९ रहेका छन् ।

बितेको २४ घन्टामा १ सय ६० जना संक्रमित निको भएर घर फर्किएका छन् । योसंगै निको भएर घर फर्कनेको संख्या १७ हजार ७ सय ९५ पुगेको छ ।

थप  ३ जनाको मृत्यु

गएको २४ घन्टामा नेपालमा  ३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीया महिलाको निधन भएको हो ।

योसँगै नेपालमा कोकोरोनाको संक्रमणबाट  मृत्यु हुनेको सङ्ख्या १ सय ७ पुगेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित