काठमाडौँ । कोरोना भाइरसका कारण नेपालमा ५ सय ८१ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २० जनामा पीसीआर परीक्षण गरिएकोमा ५ सय ८१ जनामा संक्रमणको पुष्टि भएको हो । जसमध्ये उपत्यकामा मात्र १ सय ६८ जना नयाँ संक्रमित रहेका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा सनाक्रमित हुनेको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ४९ रहेका छन् ।
बितेको २४ घन्टामा १ सय ६० जना संक्रमित निको भएर घर फर्किएका छन् । योसंगै निको भएर घर फर्कनेको संख्या १७ हजार ७ सय ९५ पुगेको छ ।
थप ३ जनाको मृत्यु
गएको २४ घन्टामा नेपालमा ३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीया महिलाको निधन भएको हो ।
योसँगै नेपालमा कोकोरोनाको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ७ पुगेको छ ।