नेपालमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण

काठमाडौँ । कोरोना भाइरसबाट काठमान्डौ उपत्यकामा १ सय ७२ सहित थप ६ सय ४१ जनामा कोरोना  संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ  ।

पछिल्लो जानकारी अनुसार गएको २४ घण्टामा १२ हजार २ सय ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ६ सय ४१ जनामा संक्रमणकोपुष्टि भएको हो ।

योसंगै नेपालमा कुल संक्रमित संख्या २६ हजार ६ सय ६० पुगेको छ । हाल ८ हजार आइसोलेशनमा र १५ हजार २ सय ४३ क्वारेन्टाइनमा रहेका छन् ।

गएको २४ घन्टामा १ सय ३४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म १७ हजार ३ सय ५३ जना संक्रमित घर फर्केको मन्त्रालयले जनाएको छ ।  हाल सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ ।

आज पर्सामा थप एक पुरुष र मोरङ जिल्लामा एकजना महिलाको कोभिड–१९ कारणले मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ४ पुगेको छ

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित