दक्षिण कोरियामा मार्च पछिकै सबैभन्दा बढी संक्रमित

सोल  । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिनापछिकै सबैभन्दा धेरै संक्रमित  भएका छन् । अधिकारीहरूले दिएको जानकारीअनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ ।

उनीहरूका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै दक्षिण कोरियामा कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको कुल सङ्ख्या १५ हजार ३८१ पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले आइतबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म ३०५ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार गत मार्च ८ मा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ३६७ जना संक्रमित भएका थिए । कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको सङ्ख्या बढेकाले दक्षिण कोरियामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ ।

पछिल्लो समयमा भेटिएका नयाँ संक्रमितमध्ये २५३ जना राजधानी सोलका मात्रै रहेको रोग नियन्त्रण केन्द्रले जनाएको छ । संक्रमण फैलिन नदिनका लागि सरकारी तथा स्वास्थ्य अधिकारीहरूले चर्च, नर्सिङ् होम, विद्यालय, रेष्टुरेन्टलगायतमा विषेश ध्यान दिएका छन् ।

देशका अन्य मुख्य सहरहरू बुसान, डेगुलगायतमा पनि संक्रमण  फैलिएका विवरणहरू आइरहेका छन् । ती ठाउँहरूमा गत फेब्रअरी र मार्चमा कोरोनाभाइरसको संक्रमणका केन्द्रविन्दुहरू भएका थिए ।

जहाँ दैनिक सयौँ नयाँ नयाँ संक्रमितहरू भेटिने गरेका थिए । संक्रमितहरूको सङ्ख्याका आधारमा दक्षिण कोरियाली सरकारले आम नागरिकका गतिविधिमा कहिले कडाइ गर्ने र कहिले खुकुलो पार्ने कार्य गरिरहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित