अमेरिकी राष्ट्रपति ट्रम्पका कान्छा भाइको निधन

लन्डन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन भएको छ । ट्रम्पका ७१ वर्षीय कान्छा भाइ रोबर्ट ट्रम्पको शनिबार राति न्युयोर्कस्थित  एक अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री ट्रम्प शुक्रबार उनलाई भेट्न अस्पताल पुगेका थिए । अमेरिकी सञ्चारमाध्यमहरूले रोबर्ट ट्रम्प गम्भीर बिरामी परेको उल्लेख गर्दै आएको भए पनि  उनको मृत्युको कारण भने आधिकारिक रुपमा अझै बाहिरिएको छैन ।

उ भाइ मात्रै नभएर घनिष्ट मित्र समेत रहेको ट्रंम्पले भनेका छन् । फ्रेड र मैरी एनी ट्रम्पको पाँच सन्तानमध्ये रोबर्ट सबैभन्दा कान्छा छोरा हुन्  ।

उनि डोनाल्ड ट्रम्प भन्दा दुई वर्ष कान्छा हुन् । उनीहरुका दाइ  सबैभन्दा जेठोको सन् १९८१ मा नै निधन भैसकेको  छ  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित