काठमाडौं । नेपालमा कोरोना भाइरसबाट उपत्यकामा ९८ सहित थप ४ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २सय १ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४ सय ६८ जनामा संक्रमणको पुष्टि भएको हो ।
हाल ८ हजार १ सय ९३ जनामा आइसोलेशनमा र क्वारेन्टिनमा १४ हजार ४ सय ४८ जना रहेको पनि प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ । गएको २४ घन्टामा थप ३ जान कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु, पर्सा र धनुषाका एक, एक जना गरी थप ३ जनाको मृत्यु भएको हो ।