नेपालमा थप ४ सय ६८ संक्रमित, तीनको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट उपत्यकामा ९८ सहित थप  ४ सय ६८ जना नयाँ संक्रमित  थपिएका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २सय १ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४ सय ६८ जनामा संक्रमणको  पुष्टि भएको हो ।

हाल ८ हजार १ सय ९३ जनामा आइसोलेशनमा  र क्वारेन्टिनमा १४ हजार ४ सय ४८ जना रहेको पनि प्रवक्ता गौतमले जानकारी दिएका छन्  ।

नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ । गएको २४ घन्टामा थप ३ जान कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा  कपिलवस्तु, पर्सा र धनुषाका एक, एक  जना गरी थप ३ जनाको मृत्यु भएको हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित