भारतमा कोरोनाबाट एकैदिनमा ६१ हजार संक्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार संक्रमित  भेटिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९ सय ६३ जना संक्रमित भेटिएका हुन् । योसँगै भारतमा कुल संक्रमितको संख्या २३ लाखभन्दा बढी पुगेको छ ।

भारतमा कोरोनाकै कारण अहिलेसम्म ४६ हजार ९१ जनाको मृत्यु भएको छ । तीमध्ये ८ सय ३४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कुल संक्रमित २३ लाख २९ हजार ६ सय ३९ मध्ये छ लाख ४३ हजार ९ सय ४८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने १६ लाख ३९ हजार छ सय जना निको भएका छन् ।

धेरै मृत्यु हुने मुलुकमा बेलायतभन्दा पछाडी रहेको भारत अहिले बेलायतको हाराहारीमा आइपुगेको छ । बेलायतमा मंगलबारसम्म कोरोनाबाट ४६ हजार ६ सय २८ जनाको मृत्यु भैसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित