एनआरएनए विश्वव्यापी वक्तृत्वकलामा अभिलाषा खडिवडा प्रथम, दोश्रो र तेस्रोमा समिरा केसी र टिया आचार्य

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा म्यानमारकी अभिलासा खडिवडाले पहिलो पुरस्कार जितेकी छन् ।
उनले २९ देशका ६१ जना प्रतियोगीलाई उछिनेर पहिलो पुरस्कार हासिल गरेकी हुन् ।

‘राष्ट्रका लागि मेरो सपना’ शीर्षकमा आइतवार आयोजित प्रतियोगितामा रसियाकी समिरा केसीले दोस्रो स्थान हासिल गरिन् । यस्तै बेलायतकी टिया आचार्यले प्रतियोगितमा तेस्रो स्थान प्राप्त गरिन् ।
कार्यक्रममा चौथौं स्थान जस्मिन सायद (साउदी अरब), र सुहिम थापा (नाइजरीया) ले प्राप्त गरे । दंग तिमिल्सीना (थाइल्याण्ड) ले सान्तोना पाँचौ पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले साठी हजार, तेस्रो हुनले चालिस हजार नगद र प्रमाणपत्र सहित पुरस्कार जिते । अन्य प्रतियोगिले तीस तीस हजारको नगद पुरस्कार प्राप्त गरे ।

यस्तै प्रतियोगितमा १३ वर्षभन्दा मुनीका प्रतियोगीका मध्यबाट दिव्या ढकालले लिटल मास्टरको टाइटल हासिल गरिन् । कार्यक्रममा कुन्जन बोहोराले एनआरएन राइजिङ स्टारको टाइटल प्राप्त गरे ।

‘राष्ट्रका लागि मेरो सपना’ शीर्षमा आयोजित प्रतियोगिताको उद्घाटन एनआरएनए अध्यक्ष कुमार पन्तले गरेका थिए । उनले नेपालभन्दा बाहिर ८० लाख नेपाली भएको अर्को नेपाल रहेकोे बताए । उनले गैरआवासीय नेपाली संघको अभियान देखिनै दोस्रो पुस्तालाई नेपालसंग जोड्न चाहेको वताए ।

सिर्जना पाण्डेले राष्ट्रिय गीतबाट सुरु गरेको कार्यक्रममा एनआरएनए उपाध्यक्ष सोनाम लामाले प्रतियोगिताका निर्णायक मण्डललाई स्वागत गरेका थिए भने अर्को उपाध्यक्ष रविना थापा, क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठ, कार्यक्रम संयोजक दिपक कँडेल, एसिया प्यासिफिक महिला कोअर्डिनेटर अमृता थापा, डिआरसी खगेन्द्र न्यौपाने र युवा संयोजक हिमाल गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

निर्णायक मण्डलमा प्रकाश सायमी, सन्दीप खत्री, समा थापा, सदीक्षा श्रेष्ठ तथा विशेष अतिथि भूषण दाहाल रहेका छन् । कार्यक्रमको संचालन पारसमणी पोखरेलले गरेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित