उपत्यकामा ९२ सहित नेपालमा थप ३ सय ८० जना नयाँ संक्रमित

काठमाण्डौ ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जना सहित थप ३ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या  २२ हजार ९ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल ७ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ४० जना कोरोनामुक्त भएर घर फर्केका छन्  । हालसम्म १६ हजार ३ सय ५३ जना कोरोनामुक्त भएका छन् । यसैगरी क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् ।

हालसम्म नेपालमा ७५ जनाको कोरोनाबाट मृत्यु भएको छ । नेपालमा कूल ४ लाख ४३ हजार ८ सय ४ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित