काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जना सहित थप ३ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल ७ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ४० जना कोरोनामुक्त भएर घर फर्केका छन् । हालसम्म १६ हजार ३ सय ५३ जना कोरोनामुक्त भएका छन् । यसैगरी क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् ।
हालसम्म नेपालमा ७५ जनाको कोरोनाबाट मृत्यु भएको छ । नेपालमा कूल ४ लाख ४३ हजार ८ सय ४ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।