भारतमा एकैदिनमा ६१ हजार भन्दा बढी संक्रमित, ९ सय ३३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५ सय भन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरूका अनुसार शनिबार बिहानसम्म पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५ सय ३७ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् ।

त्यसैगरी सोही अवधिमा मात्रै कोरोनाका कारण ९सय ३३ जनाको मृत्यु भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । योसँगै शनिबारसम्ममा भारतमा कुल संक्रमितको सङ्ख्या २० लाख ८८ हजार ६ सय १२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या ४२ हजार ५ सय १८ पुगेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयले भारतमा अहिले पनि छ लाख १९ हजार ८८ जना संक्रमित अवस्थामै रहेको स्पष्ट पारेको छ । त्यसैगरी १४ लाख २७ हजार छ जनालाई भने निको भइसकेको छ ।

कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित रहेको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ४५ हजार ८ सय ८९ जना अहिले पनि संक्रमित रहेका छन् । त्यहाँ कुल सङ्क्रमितमध्ये तीन लाख २७ हजार २८१ जना संक्रमणमुक्त  भइसकेका छन् । महाराष्ट्रमा मात्रै कोरोनाका कारण अहिलेसम्म १७ हजार ९२ जनाको मृत्यु भएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित