नेपालमा थप ३ सय ७८ संक्रमित, तीनको मृत्यु

काठमाडौँ । गएको २४ घन्टामा नेपालमा थप ३ सय ७८ जनामा नयाँ कोरोना संक्रमण देखा परेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या स२२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ४ सय ९९ जना कोरोनामुक्त भएर घर फर्केको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जोगश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका तीन जनामा संक्रमणको  पुष्टि भएको छ ।

मृत्यु हुनेमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीया महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो ।

उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी  मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  ७३ पुगेको छ । हालसम्म १६ हजार ३१३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ४ लाख २७ हजार ५ सय एकजनामा कोरोना परीक्षण गरिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित