नेपालमा कोरोनाबाट थप ४ सय ६४ संक्रमित, पाँचको मृत्यु

काठमाडौँ । नेपालमा थप ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका  छन्  ।

शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४ सय ६४ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् । योसँगै हालसम्म नेपालमा कूल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा मुलुकभरबाट थप ४ सय २५ जना डिस्जार्ज भएका छन् । हालसम्म १५ हजार ८ सय १४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमित  सङ्ख्या ६ हजार ३ सय ३० रहेका छन् । हाल नेपालमा ६ हजार ३ सय ३० जना आइसोलेसनमा उपचाररत छन् । २४ घन्टामा ७ हजार ९ सय २६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

थप ५ जनाको मृत्यु 

नेपालमा कोरोना भाइरस (कोभिड १९)  को संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी पाँच जनाको मृत्यु भएको बताए ।

योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको  संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित