विश्वभरी कोरोनाबाट ७ लाख भन्दा बढीको मृत्यु

जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ७ लाख चार हजार ४ सय ३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सङ्गठनका अनुसार बुधबारसम्म विश्वभरिमा एक करोड ८७ लाख ९ हजार १ सय ६१ जना व्यक्ति कोरोना संक्रमित  भएका छन् ।

संक्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २ सय २४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७८ हजार ४ सय ९९ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरूको उपचार भइरहेको छ । संक्रमितमध्ये ६५ हजार ३३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४ सय २० जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार २ सय ९ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८ सय ४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दक्षिण अमेरिकामा एक लाख ५० हजार ६४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख ८२ हजार ४ सय ९९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । उत्तर अमेरिकामा २ लाख २५ हजार ४ सय ५० जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख ४३ हजार ५३२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २  लाख चार हजार ४७२ को मृत्यु भएको छ । एसिया ४६ लाख ८ हजार ८ सय ९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख २ हजार ४ सय ३९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ९ लाख ८२ हजार २ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१ हजार १ सय ४३ जनाको मृत्यु भएको छ । ओसियानामा २१ हजार २ सय ४० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २ सय ७२ जनाको मृत्यु भएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित